नक्कली शरणार्थी प्रकरणको छानविनमा खुट्टा नकमाउन रविको प्रचण्डलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहान सभापति लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा धन्यवाद दिँदै भ्रष्टाचारका विषयमा छानबिन गर्न खुट्टा नकमाउन रविले आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
लामिछानेले धन्यवाद दिएपछि प्रधानमन्त्रीले सरकारको काममा सहयोग गर्न आग्रह गरेको बताइएको छ । सरकारले भ्रष्टाचारको छानबिन गर्ने एजेण्डा न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा असन्तुष्टि पोख्दै रास्वपाले समर्थन फिर्ता लिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दाहाल प्रचण्ड, #रवि लामिछाने
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्