कैलालीमा सहकारी बैंकको सदस्य सम्मान तथा अन्तर्क्रिया
काठमाडौं । कैलालीको लम्किचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले सहकारी क्षेत्रले राष्ट्रको समृद्धिका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।
राष्ट्रिय सहकारी बैंकले आइतबार कैलालीको लम्कीमा आयोजना गरेको “सदस्य सम्मान तथा अन्तरक्रियात्मक कार्यक्रममा सहकारी क्षेत्रले गरेको सहयोगले गाउँ बस्तीका किसानलाई आर्थिक उपार्जनमा टेवा पुगेको उनले उल्लेख गरिन । उनले पछिल्लो समय सहकारी लगायत वित्तीय क्षेत्रमा देखिएको समस्यालाई सबैले मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी विरुद्धका भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेको भन्दै त्यस्ता गतिविधि गर्नेलाई सरकारले कारबाही गर्नु पर्ने बताए । उनले वित्तीय सहकारी क्षेत्रमा देखिएको तरलता समस्या तत्काल समाधानका लागि राष्ट्रिय सहकारी बैंकमार्फत परिचालन हुने गरी सहुलियत ब्याजदरमा ३ वर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराएमा तत्काल समस्या समाधान हुने बताए ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्नका लागि सरकारले कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्नु पर्नेमा उप्रेतीको जोड थियो । सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य रतन थापाले सहकारी क्षेत्रलाई दिगो, मर्यादित, सुशासित बनाउन सहकारी संघ संस्थाहरुको प्रभावकारी अनुगमनका लागि दोस्रो तहको नियामक संस्था तत्काल स्थापना हुनुपर्ने बताए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्