Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

पूर्वराजामाथि एमाले–माओवादी किन बन्दैछन् आक्रामक, ओलीको गालीमा प्रचण्डको ताली !


काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु राजतन्त्रविरुद्ध आक्रामक हुन थालेका छन् । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुर्वराजा, राजावादी र राजतन्त्र विरुद्ध कडा टिप्पणी गर्न थालेका छन । आफ्ना अध्यक्षको पदचाप पछ्याउदै एमाले र माओवादी केन्द्रका अन्य नेताहरु समेत पुर्वराजामाथी खनिन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुर्वराजा, राजसंस्था र राजवादीहरु माथी आपत्तिजनक अभिब्यक्ती दिईरहेका छन । यहि बेला सत्ताको नेतृत्व गरीरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनी पुनः एकपटक पुर्वराजा र राजावादीहरुमाथी आक्रोश पोख्न सुरु गरेका छन् । एमाले अध्यक्ष ओलीका पछिल्लो केहि दिन यताका हरेक भाषणहरु पुर्वराजा ज्ञानेन्द्र शाहको विरोध केन्द्रित बनेका छन ।

इलामबाट पुर्वराजामाथी उत्तेजनात्मक शव्दले प्रहार गर्न सुरु गरेका ओलीको रीस काठमाडौँ आईपुग्दासम्म शान्त भएको छैन । अहिले उनको बोलीमा बोली मिसाउदै प्रधानमन्त्री प्रचण्डले समेत पुर्वराजाको खेदो खन्न सुरु गरेका हुन । एमाले अध्यक्ष ओलीले आइतबार मात्र राजतन्त्रका पक्षधरहरुलाई फटाह भनेका थिए । त्यसअघि इलाममा भएको एक कार्यक्रममा ओलीले पुर्वराजालाई चलखेल नगर्न चेतावनी दिएका थिए । सोमबार काठमाडौँमा श्रमिक दिवसको अबसरमा आयोजित कार्यक्रममा पनी ओलीले पुर्वराजाको खेदो खने । उनले मुसोले दुलोबाट हेरेझैँ पुर्वराजाले व्यवस्थाविरुद्ध अनुकूल समय हेरीरहेको आरोप लगाएका छन ।

ओलीको बोलीमा बोली मिलाउदै प्रधानमन्त्री प्रचण्डले समेत पुर्वराजा ज्ञानेन्द्रको सक्रियतामा असन्तुष्टि जनाएका छन । अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले पुर्व राजा र राजावादीहरु .माथी आक्रोस पोखे । उनले पूर्वराजालाई लक्षित गर्दै जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको भन्दै आक्रामक टिप्पणी गरे । ओली र प्रचण्ड मात्र होईन एमाले र माओवादी केन्द्रका अन्य नेताहरुको भाषण पनी पुर्वराजा लक्षीत हुन थालेको छ ।

पछिल्लो समय पुर्वराजा ज्ञानेन्द्रले अहिलेको ब्यबस्था विरुद्ध अस्वभाबिक हर्कत देखाउन थालेको आरोप लगाउदै उनिहरुले कमजोरीको फाईदा उठाउदै लोकतन्त्र माथी धावा नबोल्न पुर्व राजालाई चेतावनी दिएका छन । त्यसो त पछिल्लो समय राजतन्त्र पक्षधरहरुको समेत सक्रियता बढेको छ । राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदमा पुर्नउदय भएसंगै राजावादीहरु बर्तमान ब्यबस्थामाथी निरन्तर प्रश्न उठाईरहेका छन । जसबाट झस्किएका गणतन्त्रवादीहरु पुर्वराजा, राजावादी र राजतन्त्र विरुद्ध आपत्तीजनक अभिब्यक्ती दिन थालेका हुन ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा एमाले, #नेकपा माओवादी केन्द्र, #पुर्वराजा ज्ञानेन्द्र शाह

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं