Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

रवि र स्वर्णिमको संसदमा इन्ट्री, यथास्थितिमा रास्वपा सरकारमा नजाने


काठमाडौं । बैसाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा भारी मतान्तरले बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापपति रवि लामीछाने र डा. स्वर्णिम वाग्लेले सपथ लिएका छन । संसद सचिबालय सिंहदरबारमा सभामुख देबराज घिमिरेले लामीछाने र वाग्लेलाई सपथ खुवाएका हुन ।

सपथ लिएलगत्तै रास्वपाका सभापति रवि लामीछानेले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे छलफल गरेर निचोडमा पुग्ने बताएका छन । यसअघि चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचन जितेलगत्तै पनी रविले सरकारलाई समर्थन गरिरहनुको औचित्य नभएको बताएका थिए । रविको उक्त भनाईपछी प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई फोन गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले आफुलाई उपनिर्वाचन जितेकोमा बधाई दिएको र समर्थन फिर्ताको बिषयमा चासो राखेको रबिले बताएका छन । रास्वपाबाट तनहु १ मा उपनिर्वाचन जितेका डा. वाग्लेपनी स्थिरतको नाममा जतिसुकै निकम्मा सरकार भएपनी सरकारमा जान नहुने बताएका छन् ।

चितवन २ बाट अत्याधिक मतका साथ उपनिर्वाचन जितेका रविले दोस्रो पटक संसदमा इन्ट्रि गरेका हुन । यसअघि चितवन क्षेत्र नम्बर २ बाट मंसिर ४ को आम चुनावमा पनी रविले सानदार जित निकालेका थिए । तनहु क्षेत्र १ बाट बिजयी बनेका डा. वाग्लेको संसदमा यो पहिलो इन्ट्रि हो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि र स्वर्णिम

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं