Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

फेरि चल्न थाल्यो काठमाडौंमा मेयर बालेनको डोजर, प्रहरी विट नै भत्काइयो


काठमाडौं । काठमाडौ महानगरपालिकाभित्रका सडक क्षेत्रमा पर्नेगरी बनाएका प्रहरी विटलाई हटाउन थालेको छ । प्रहरी विटले सडक अवरोध भएको भन्दै महानगरले मंगलबारदेखि सडक मिचेर बनाइएका प्रहरी विट हटाउन शुरु गरेको हो । भत्काईएका प्रहरी विटहरु आवश्यक नभएको र ति स्थानको सुरक्षा महानगर प्रहरी गर्नसक्ने महानगरले बताएको छ ।

बालेन साह नेतृत्वको काठमाडौ महानगरले सडक मिचेर बनाइएका प्रहरी विट हटाउने काम शुरु गरेको छ । फुटपाथ व्यापारीलाई हटायर पैदलमैत्रि वनाउने अभियानमा रहेको महानगरले प्रहरी विटले सडकपेटी नै अवरोध भएको भन्दै मंंगलबारबाट हटाउन सुरु गरेको हो । महानगरपालिकाले सामाखुसी, बालुवाटार, सिनामंगल, जडिबुटी, मैतीदेवि लगाएतका ठाउमा सडक मिचेर बनाइएका प्रहरी बिट भत्काईसकेको छ ।

अन्य स्थानको सडक मिचेर बनाइएका प्रहरी विट समेत भत्काउने महानगरले जनाएको छ । मेयर निर्वाचित भएपछि बालेन शाहले नक्सा पास नगरी बनाइएका र सार्वजानिक जग्गामा बनेका व्यवसायिक भवनमा समेत डोजर चलाएका थिए । टुकुचा खोला उत्खनन विरुद्ध अदालतको फैसला आएपछी केहि दिन रोकिएका बालेन सुकुम्वासी वस्तीमा डोजर लिएर पुगेका थिए ।

फुटपाथ व्यापारी हटाउन सफल देखिएका बालेन टुकुचा उत्खनन र सुकुम्वासी बस्ती व्यवस्थित गर्न असफल भएपछी भत्काउने काम मात्रै गरेको आरोप लगाएपनि भने धेरैले बालेनको काम साहसीक भएको भन्दै समर्थन गदै आएका छन । राजधानीका विभिन्न क्षेत्रका सडक छेउँमा रहेका प्रहरी विट महानगरले हटाएपछि राजधानीमा चोरी लगाएतका असुरक्षा बढ्ने चिन्ता भने शुरु भएको छ । तर महानगरले भने आम नागरीक लगाएत स्थानीयलाई सुरक्षा दिन महानगर प्रहरीले नै सक्ने बताउँदै आएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौंमा मेयर बालेन, #प्रहरी विट नै भत्काइयो

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं