कर्णाली सरकार विस्तार बुधबार, कांग्रेसले लगायो मन्त्रीको टुंगो
काठमाडौं । कर्णाली प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार नेपाली कांग्रेस सहभागी हुनका लागि मन्त्रीको नाम टुंगो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो ।
जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह, सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस भएका छन् । नयाँ मन्त्रीहरुको सपथ भोलि हुने बताइको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कर्णाली प्रदेश सरकार, #नेपाली कांग्रेस सहभागी
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्