रवि लामिछानेका निजी चालक घरको छतबाट कसरी खसे ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरतपुरस्थित घरको छतबाट खसेर गाडी चालक गम्भीर घाइते भएका छन् । बिहान ४ बजे भरतपुर–११ मा रहेको रास्वपा सभापति लामिछानेको घरको छतबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा खसेर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
खुट्टा र टाउकोमा चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले घटनाको थप अनुसन्धान भइरहेको छ । चोटका कारण चालक थापाको अवस्था गम्भिर बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएको बताइएको छ ।
तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामिछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेको थियो । लामिछाने घरको भुईँ तलामा, दोस्रो तलामा दिपक बोहरा लगायतका टोली र तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल, उनका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए। लामिछानेसहितको टोली चुनावी प्रचारप्रसारका लागि आज बारा जाने कार्यक्रम तह भएको समयमा यस्तो अप्रिय घटना घटेको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्