रवि लामिछानेले हात जोडेर माफी माग्दै भने कसैलाई गालीगलोज नगरिदिनुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चिवन क्षेत्र नम्बर २ का उम्मेद्वार रवि लामिछाने हात जोडेरै माफी मागेका छन् ।
तनहुँमा गरिएको चुनावी सभामा आफ्नो पार्टीका समर्थकहरुले सामाजिक सञ्जालमा गरेको गालीगलोजप्रति आफ्नो कुनै निर्देशन नभएको भन्दै माफी मागेका हुन । उनले अहिले पनि सामाजिक सञ्जालमा कतिपय मानिसहरुले हाम्रा समर्थकहरुले गालि गरेको कुरालाई हामीलाई कटाक्ष गरेको कुरालाई आफूले हेरेको बताए ।
उनले भने हाम्रा समर्थकहरुले कसैलाई गालीगलोज गर्नुभएको रहेछ । त्यसको भार पनि हाम्रो टाउकोमा हालिएको छ । म क्षमा चाहन्छु हाम्रो कार्यकर्ता छैनन् र हुनेवाला पनि छैनन् । यो पार्टी कार्यकर्ता रहित पार्टी हो । केही सदस्य छन् सँगसँगै हिँड्छन् ।’ लामिछानेले रास्वपालाई माया गर्नेहरुलाई कसैलाई गालीगलोज नगर्न आग्रह पनि गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गालीगलोजप्रति, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्