नयाँ वर्षको शुभकामना दिँदै सांसद चन्द्र भण्डारीले भने, निको भएर चाँडै फर्किन्छु
काठमाडौं । सांसद एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको जानकारी दिएका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना दिँदै भण्डारीले आफू स्वास्थ्य लाभ गरिरहको उल्लेख गरेका छन् । गत फागुन ३ गते राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा उनी सहित आमा घाइते भएका थिए। आमाको फागुन ४ गते निधन भएको थियो भने उनी गम्भीर घाइते भएपछि सोही दिन उपचारका लागि भारत लगिएको थियो ।
झण्डै २ महिना लामो उपचारपछि उनी बोल्न र हिड्न सक्ने भएको बताइएको छ । उनले आफू उपचार सकेर चाँडै फर्किने पनि भिडियो सन्देशमा बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्