ढाकाकुमार श्रेष्ठको सांसद पद चैट, रविले लामिछानेले गरे कारवाही (भिडियो सहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ। रास्वपाको बुधबार बसेको बैठकले उनको सांसद पद खारेज गर्ने र खाली हुने सांसद पदमा विन्दबासिनी कंसाकारलाई चयन गर्ने निर्णय गरेको हो ।
श्रेष्ठले आफू मन्त्री बन्न पार्टीमा रकम बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडिओ बाहिरिएपछि बुधबार रास्वपाको पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठक बसेको थियो ।
पार्टी बैठकमा श्रेष्ठले रकम मागेको अडियो आफ्नो नभएको दावी गरेको बैठकपछि पत्रकारहरूसँग सभापति रवि लामिछानेले जानकारी दिए । आफूलाई फसाउन योजनाबद्ध रुपमा चुनावको छेक पारेर सम्पादित अडिओ बाहिर ल्याइएको दाबी उनको छ ।
सभापति लामिछानेले छानबिन समितिमा ढाकाले दिएको बयानका आधारमा उनी दोषी देखिएको बताए । उनले आफू डुबेमा पार्टी नै डुबाइदिन्छु भन्दैछन् भन्दै उनले बोली परिवर्तन गरेकाले भोलि जसको पनि नाम लिन सक्ने बताए । लामिछानेले भने–उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ढाकाकुमार श्रेष्ठ, #ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण, #रविले लामिछाने, #श्रेष्ठको सांसद पद चैट
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्