चौतर्फी विरोधपछि विभागले सच्यायो पुरानो परिपत्र, अव मावली होइन आमाकै थरबाट जन्मदर्ता हुने

काठमाडौं । चौतर्फी विरोध भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था गरेको छ । चैत २३ गते स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको चौतर्फी आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत जारी गरेको निर्देशन सच्याएको हो ।
आइतबार स्थानीय तहमा गरिएको नयाँ परिपत्रमा भनिएको छ, ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेथान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने ।’ विवाहअघि बच्चा जन्माएकी एकल महिलाले पछि विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न पनि विभागले परिपत्र गरेको छ । तर, बच्चा मावलीमा बसेको भए मावलीकै ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ ।
बच्चाको जन्मदर्ता भइसकेपछि बाबु पत्ता लागेमा पुरानो जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट वा आमा वा दुवैको थर राखी नयाँ जन्मदर्ता गर्न विभागले परिपत्र गरेको हो । त्यस्तै, नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भए कानुन बमोजिमको संरक्षक वा माथवरले दिएको ठेगाना, नाम थर राखी जन्मदर्ता गरिदिन भनिएको छ ।
बाबुआमाको सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता बाबुको स्थायी ठेगानामा नभएको भए आमाको स्थायी ठेगानामा जन्म दर्ता हुने विभागले जनाएको छ । कारागारमा बच्चा जन्मिएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिन पनि भनि पत्राचार गरिएको छ ।
पञ्जीकरण विभागले सच्याएको परिपत्र यस्तो छ
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एकल महिला, #बच्चाको आमाको थर, #राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्