चौतर्फी विरोधपछि विभागले सच्यायो पुरानो परिपत्र, अव मावली होइन आमाकै थरबाट जन्मदर्ता हुने
काठमाडौं । चौतर्फी विरोध भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था गरेको छ । चैत २३ गते स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको चौतर्फी आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत जारी गरेको निर्देशन सच्याएको हो ।
आइतबार स्थानीय तहमा गरिएको नयाँ परिपत्रमा भनिएको छ, ‘एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेथान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने ।’ विवाहअघि बच्चा जन्माएकी एकल महिलाले पछि विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मदा आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न पनि विभागले परिपत्र गरेको छ । तर, बच्चा मावलीमा बसेको भए मावलीकै ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ ।
बच्चाको जन्मदर्ता भइसकेपछि बाबु पत्ता लागेमा पुरानो जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट वा आमा वा दुवैको थर राखी नयाँ जन्मदर्ता गर्न विभागले परिपत्र गरेको हो । त्यस्तै, नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भए कानुन बमोजिमको संरक्षक वा माथवरले दिएको ठेगाना, नाम थर राखी जन्मदर्ता गरिदिन भनिएको छ ।
बाबुआमाको सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता बाबुको स्थायी ठेगानामा नभएको भए आमाको स्थायी ठेगानामा जन्म दर्ता हुने विभागले जनाएको छ । कारागारमा बच्चा जन्मिएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिन पनि भनि पत्राचार गरिएको छ ।
पञ्जीकरण विभागले सच्याएको परिपत्र यस्तो छ

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एकल महिला, #बच्चाको आमाको थर, #राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्