अश्लील भिडियोको ब्ल्याकमेलमा परे पूर्वमन्त्री खान, साइबर ब्युरोमा उजुरी
काठमाडौं । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले एक केटीले आफ्नो अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
मुलुकी फौजदारी कार्यविधि (संहिता) २०४७ को दफा ४ को उपदफा ३ बमोजिम उनले साइबर ब्यूरोमा जाहेरी दर्ता गराएको खानले बताएका छन् । योजनावद्ध तरिकाले चरित्र हत्या गर्न भिडिओ बनाउने समूहमाथि कारबाही गर्न उनले उजुरीमा उल्लेख गरेका छन् ।
खानले उजुरीमा भिडिओ बनाउनमा संलग्न केहि व्यक्तिको नाम किटान गरेको र केहि व्यक्तिको नाम पछि बुझाउने बताइएको छ । डिजिटल क्रान्तिका गलत कुराबाट बच्न सबै सचेत एवं गलत कार्यको विरूद्ध सहयोग गर्न उनले अनुरोध समेत गरेका छन् ।
भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा कुराकानीको क्रममा एक महिलाले एक्कासि अश्लील हरकत गरी सो भिडियो रेकर्ड गरेर आफूसँग ३ लाख रुपैयाँ माग गरेको उजुरीमा उल्लेख गरेका छन् ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अब्दुल खान, #पूर्वमन्त्री अब्दुल खान, #ब्ल्याकमेल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्