अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला अव सरकारले नै बनाउने
काठमाडौं । चितवनमा अलपत्र रहेको गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले नै बनाउने निर्णय गरेको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावले लामो समयदेखि अलपत्र रहेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको हो । यससँगै रंगशाला निर्माणले निरन्तरता पाउने भएको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।
केही साताअघि फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई हारगुहार गरेका थिए । हालसम्म रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको बताइएको छ ।
तीन हजार दर्शक क्षमता भएको प्यारापिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो । ८ वटा पिचलगायतका काम बन्न बाँकी छ । कट्टेलले अहिलेसम्म उधारोमा काम गरेको र ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसकेको बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गौतमबुद्ध क्रिकेट रंगशाला, #धुर्मुस सुन्तली फाउन्डेसन, #रंगशाला सरकारले नै बनाउने
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्