किन छोड्दैछन् स्वर्णिम वाग्लेले कांग्रेस ?
काठमाडौं । अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गर्ने तयारी गरेका छन् । वाग्लेले नेता डा. शेखर कोइरालालाई म्यासेज लेख्दै आफू अब कांग्रेसमा रहन नसक्ने बताएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ– १ मा चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।
उनले म्यासेजमा लेखेका छन् ‘प्रिय शेखर दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजू गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । उनी मंसिर ४ गतेको चुनावमा चितवन–१ बाट प्रतिस्पर्धा गर्न खोजे पनि विश्व पौडेललाई टिकट दिइएको थियो ।
अर्थशास्त्री वाग्लेलाई रोक्न कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लागिपरे पनि उनले आफू कांग्रेस छाड्ने निर्णयमा पुगिसकेको सन्देश उनीहरूलाई पनि पठाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्ले चर्चित अर्थशास्त्री हुन् । २०७९ साल मंसिरमा सम्पन्न चुनावका लागि कांग्रेसको घोषणापत्र लेख्ने टीममा उनी पनि थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्ले, #वाग्लेले कांग्रेस परित्याग, #स्वर्णिम वाग्ले
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्