किन छोड्दैछन् स्वर्णिम वाग्लेले कांग्रेस ?

काठमाडौं । अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गर्ने तयारी गरेका छन् । वाग्लेले नेता डा. शेखर कोइरालालाई म्यासेज लेख्दै आफू अब कांग्रेसमा रहन नसक्ने बताएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ– १ मा चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।
उनले म्यासेजमा लेखेका छन् ‘प्रिय शेखर दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजू गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । उनी मंसिर ४ गतेको चुनावमा चितवन–१ बाट प्रतिस्पर्धा गर्न खोजे पनि विश्व पौडेललाई टिकट दिइएको थियो ।
अर्थशास्त्री वाग्लेलाई रोक्न कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लागिपरे पनि उनले आफू कांग्रेस छाड्ने निर्णयमा पुगिसकेको सन्देश उनीहरूलाई पनि पठाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका वाग्ले चर्चित अर्थशास्त्री हुन् । २०७९ साल मंसिरमा सम्पन्न चुनावका लागि कांग्रेसको घोषणापत्र लेख्ने टीममा उनी पनि थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्ले, #वाग्लेले कांग्रेस परित्याग, #स्वर्णिम वाग्ले
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्