चिनियाँहरूले अनलाइन व्यापारको नाममा १० करोड ठगी गरेको खुलासा

काठमाडौं । अनलाइनमा लगानी गर्न लगाएर ठगी गरेको अभियोगमा ९ जना चिनियाँसहित १९ जना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मलेन गरेर अनलाइन बिजनेश गर्न सघाउने भन्दै तालिम दिएर अनलाइनमा लगानी गर्न लगाएर ४८ लाख ठगी गरेको अभियोगमा १० जना नेपाली र ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा शैलुङगेश्वर गाउँपालिका वडा–३ घर का ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोट शिवपुरी गाउँपालिका ५ घर २९ वर्षीय इन्द्र तामाङ, नुवाकोट शिवपुरी गाउँपालिका–६ का ३६ वर्षीय राजकुमार लामा, काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका २ बस्ने २५ वर्षीय प्रयास भण्डारी, दोलखा बैतेश्वर गाउँपालिका २ बस्ने ई २६ वर्षीय अर्जुन श्रेष्ठ, चिनियाँ नागरिकहरू ३३ वर्षीय हाउङ हाउनरुङ, ३६ वर्षीय छु फुक्सिङ, ३४ वर्षीय लान जेङवेइ, ४० वर्षीय छेइ गू यी, रहेका छन् ।
त्यस्तै, २९ वर्षीय छेइ शाङ्ग डी, ३१ वर्षीय गोओ मीङ, ३१ चाउ पिङ भीङ, ३० वर्षीय चेन दुर लीन, ३९ वर्षीय ली जैन होङ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ की ३४ वर्षीया रविना सुनुवार, लम्जुङ दूधपोखरी गाउँपालिका ३४ वर्षीया सुनिता गुरुङ, मकवानपुर हेटौडा उप महानगरपालिका ८ २२ वर्षीया कृष्टिना लामा भन्ने अमुना गोले, काठमाडौँ रमहानगरपालिका ४ चण्डोलकी १९ वर्षीया अनिता मगर र गोरखा चुमनुब्री गाउँपालिका की २० वर्षीया अनु गुरुङ छन् । उनीहरूले सामाजिक सञ्जाल टेलिग्राममा अपरेशन टिचर नामको अनलाइन च्यानल बनाएर अनलाइनमा कसरी लगानी गर्ने भन्ने विषयमा कक्षाहरू सञ्चालन गरेर ठगी गर्ने गरेको खुलेको छ ।
अनलाइनमा लगानी गरेपछि १५ प्रतिशत कमिशन आउने भन्दै नेपालीलाई लोभ्याएर पैसा लगानी गर्न लगाइरहेका थिए । ९ जना चिनियाँले काठमाडौंको बौद्धमा कोठा भाडामा लिएर नेपालीहरूलाई प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । ९ जना नेपालीहरूको नाममा खाता खोल्न लगाएर उनीहरूलाई खाता खोलेबापत मासिक १० हजार रुपैयाँ दिँदै आएका थिए । उनीहरूको खातामा अनलाइन ठगी गरेको पैसा नेपालीको खातामा जम्मा गर्ने र एटीएम, अनलाइन बैंकिङमार्फत पैसा झिक्ने गरेका थिए । उनीहरूले समग्रमा १० करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अनलाइनमा लगानी, #चिनियाँहरूले अनलाइन
तपाईको कमेन्ट लेख्नुहोस्