बालुवाटारमा सुरु भयो मन्त्रालय बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक
काठमाडौं । मन्त्रालय बाँडफाँडमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक सुरू भएको छ । मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छन् । प्रधानमन्त्री दाहालले ६ चैतमै विश्वासको मत लिए पनि एक साता बित्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहे पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मन्त्रालय बाँडफाँड, #सत्ता गठबन्धन
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्