Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

जनकपुरधाममा वडाध्यक्ष र सचिव ५० हजार घुससहित पक्राउ


धनुषा । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार राय घूस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–६, रामजानकी हस्पिटल नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घूस लिएको उनीहरुमाथि आरोप छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं