जनकपुरधाममा वडाध्यक्ष र सचिव ५० हजार घुससहित पक्राउ
धनुषा । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार राय घूस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग लिएको ५० हजार घुससहित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–६, रामजानकी हस्पिटल नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घूस लिएको उनीहरुमाथि आरोप छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्