धुर्मुसको गुनासोः रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् । मंगलबार रंगशाला स्थलबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा जोडिएका धुर्मुुुसले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताएका हुन् ।
एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले सरकारबाट भैरहेको ढिलाइले रुँदै हिँड्नुपरेको गुनासो गरे । ‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’ कलाकार धुर्मुसले भने । धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिदै भनेका छन् ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् ।
तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठहर्याएर म मर्न तयार छु । तर, मलाई पलपल नमारिदिनुस् ।’ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका धुर्मुस क्रिकेट रंगशाला निर्माणका नाममा उठाएको रकम हिनामिना गरेर रंगशाला अलपत्र बनाएर भागेको अभियोग खेपीरहेका छन् । इमान्दार काम गर्दा आफूमाथी बारम्बार प्रश्न उठेको तर्फ शंकेत गर्दै धुर्मुसले सरकारले गर्ने निर्णयले चितवनस्थित प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भविश्य निर्धारण हुने समेत बताए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धुर्मुस’, #सामाजिक सञ्जाल, #सीताराम कट्टेल
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्