प्रधानमन्त्री प्रचण्डले दोश्रो पटक पाए विश्वासको मत, केहीदिनमै सरकारले पूर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोश्रो पटक समेत विश्वासको मत पाएका छन् । सोमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमार्फत प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका हुन । बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा १ सय ७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए ।
यस्तै एमाले, राप्रपासहितका ८९ सांसदले प्रस्तावको विपक्षमा मत दिँदा १ जना तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए ।
यसअघि गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतिबेला प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । सरकार गठनका क्रममा सहभागी भएका र समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपरेको हो ।
प्रधानमन्त्री प्रचण्डले अबको चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिएर बाहिरिदैगर्दा प्रधानमन्त्री प्रचण्डले दुई÷चार दिनभित्रै सरकारलाई पूर्णता दिनेगरि सत्ता गठबन्धन दलमा छलफल गरेर अघि बढ्ने बताएका हुन् । सरकारलाई पूर्णता दिएपछि अर्थात चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र आफ्नो भारत भ्रमण हुनसक्ने समेत प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्