तेस्रो राष्ट्रपति छान्न आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिष्पर्धा
 
	
				
			काठमाडौँ । राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ । सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ ।
संसद भवनको ल्होत्से हलमा २ वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रमा संघका सांसदहरुले मतदान गर्नेछन् भने अर्को मतदान केन्द्रमा प्रदेश तर्फका सांसदले मतदान गर्नेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ ।
मतपत्रमा उम्मेदवारको नाम र फोटो हुने तर निर्वाचन चिन्ह नहुने बताइएको छ । मतदाताले मतपत्रमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्नेछ । मतपत्रमा ठीक चिन्ह लगाएमा मतपत्र बदर हुनेछ । मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।
निर्वाचन आचार संहिताका कारण गए रातिदेखि चुनाव प्रचार प्रसारको गर्न रोक लागेको छ । मतदानका बेला मतदाताका रुपमा रहेका संघीय र प्रदेश सांसदले मतदानस्थलमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् ।निर्वाचनमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् भने पर्याप्त मात्रामा सुरक्षाकर्मी खटिनेछन् ।
राष्ट्रपतिको निर्वाचनका लागि सत्ता गठबन्धन ८ दलको समर्थन र सहयोगमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने उनका प्रतिस्पर्धीका रुपमा एमालेको तर्फबाट पार्टीका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ उम्मेदवार रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चुनाव प्रचार–प्रसार, #प्रतिनिधिसभा, #राष्ट्रपति चयन
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्