दूरसञ्चार प्राधिकरणले गर्यो ८ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही
काठमाडौं । आठ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणबाट महशुल स्वीकृत नलिई विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा सूचना प्रकाशित गरी लागू गरेको तथा यसबारे चित्तबुझ्दो स्पष्टीकरण समेत नदिएकाले १ लाख रुपैयाँ जरिवनासहित कारबाहीको निर्णय गरिएको हो ।
वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, भायानेट कम्युनिकेसन, सुबिसु, क्लासिकटेक, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम, सीजी कम्युनिकेसन, डिस मिडिया नेटवर्क र वाईफाई नेपाललाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । साथै यी सेवा प्रदायकहरूले कानुनविपरित गरेका कार्य अबको १५ दिनभित्र बन्द गरेर प्राधिकरणलाई जानकारी समेत गराउन निर्देशन दिइएको छ ।
केही इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सेवाको मूल्य र टेलिभिजन सेवालगायत अप्टिकल नेटवर्क युनिट र राउटरको समेत एकमुष्ठ प्याकेज बनाएर केही सेवा निशुल्क प्रदान गर्नेगरी बन्डलिङ गरेको पाइएकाले उनीहरूलाई पनि कारबाही गरिएको प्राधिकरणले जनाएको छ । बन्डलिङ सेवा सञ्चालन गर्ने वर्ल्डलिंक, भायानेट र सुबिसु केबलनेटलाई थप ५० हजार जरिवना गरिने प्राधिकरणले जनाएको छ ।
यस्तै, प्राधिकरणको निर्देशनविपरित अटो रिन्युु हुने गरी भास सेवा सञ्चालन गरेको पाइएकाले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई दूरसञ्चार ऐनबमोजिम नै ५० हजार रुपैयाँ तिराएर कारवाही गर्न लागिएको हो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाल दूरसञ्चार प्राधिकरण
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्