माओवादीले गर्यो कार्यविभाजन, संगठन विभागमा जनार्दन र कार्यालय प्रमुखमा बर्षमान
काठमाडौं । नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति लिएको छ । माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समितिको बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने गरी निर्णय गरेको थियो । यो नीति अनुसार नै तोक्ने, प्रदेश, जिल्ला, स्थानीय तहमा पनि यही नीति लागू हुने बताइएको छ ।
प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहित सबै कमरेडहरुको जिम्मेवारी तोक्दा एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार जिम्मेवारी तोक्ने पार्टीले पठाएको सर्कुलरमा उल्लेख गरिएको छ । माओवादी केन्द्रले पार्टीको प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म सक्ने गरी तोकेको छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले विगतको कार्यविभाजनलाई नै कायम राखेको छ । संगठन विभाग प्रमुखमा जनार्दन शर्मा र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनलाई निरन्तरता दिइएको छ । वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् ।
महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् । पुष दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एक पद एक कार्यकारी, #कार्यालय प्रमुखमा बर्षमान, #संगठन विभागमा जनार्दन
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्