राष्ट्रपतिको फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिको निर्वाचन मितिमा घोषणा गर्न राजनीतिक दलहरुले माग गर्दै आएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक फरक हुन्छ ।
संवैधानिक राष्ट्रपति भएपनि विगतमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा निर्णायक भूमिका खेल्ने गरेका कारण प्रमुख राजनीतिक दल यो पद आफ्नो पक्षमा पार्न चाहेका छन् । कुनैपनि दलको स्पष्ट बहुमत नभएको अवस्था राष्ट्रपति को हुन्छन भन्ने विषय अहिले राजनीतिको परिस्थितिमा पेचिलो विषय बन्न पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल फागुन २९ मा सकिदैछ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #फागुन २५, #राष्ट्रपतिको निर्वाचन
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्