घण्टौँ रोकिएको त्रिभुवन विमानस्थलको उडान सुचारु,सर्भर डाउनको समस्या हल
काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको वेबसाइटमा समस्या आएपछि प्रभावित भएको उडान सुचारु भएको छ । करिब २ घण्टा विमान उडान रोकिएपछि उडान सुचारु भएको हो । घण्टौँ उडान रोकिदा त्रिभुवन विमानस्थलमा नाराबाजी नै भएको थियो । सयौँ यात्रुहरु अलपत्र परेका थिए ।
विदेशबाट नेपाल आएका यात्रुहरु समेत अध्यागमनको बेभसाईड नचल्दा मारमा परेका थिए । फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डिया लगायत ६ भन्दा बढी अन्तर्राष्ट्रिय उडान रोकिएकोमा अहिले सबै उडान सुचारु हुने अवस्था आएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले सबै सरकारी वेबसाइट डाउन भएकाले समस्या समाधानको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारि दिएको छ । सरकारी वेबसाइटमा विदेशबाट धेरै ‘ट्राफिक’ आएकाले समस्या भएको र अहिले समाधानको अन्तिम चरणमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारि दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उडान सुचारु, #विमान उडान, #वेबसाइटमा समस्या
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्