रविको दुखेसोः म अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ? म सँग जवाफ छैन
काठमाडौं । सर्बोच्च अदालतको फैसलापछि रवि लामिछानेले आफू अनागरिक भएको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका उनले आफू अनागरिक भएको बताएका हुन । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको लामिछानेले बताएका छन् ।
सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ’अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु ।
कुनै प्रश्नको जवाफ मसँग छैन ।’ सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभएको नै थाहा छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #म अनागरिक, #म सँग जवाफ छैन
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्