ज्ञानेन्द्र शाहीले भने भ्रष्ट्राचारको फाइल अख्तियारको दराजमा धुलो लाग्यो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सशस्त्र युद्धबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिदै गएको दाबी गरेका छन् ।
शनिबार प्रतिनिधिसभामा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै शाहीले सशस्त्र युद्ध र सडकबाट मात्रै नभई समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीतिमा स्थातिप हुन सकिने उदाहरण भएको बताएका हुन ।
त्यस्तै, प्रमुख सचेतक शाहीले भ्रष्ट्राचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको भन्दै कारबाही नभएकोप्रति असन्तुष्टि बताए ।
उनले विदेशमा भ्रष्ट्राचार आरोपमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्ति जेल गएको र कारबाही भएको भन्दै सांसद शाहीले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताएका थिए ।
भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल सबैतिर सुनिए पनि कारबाही कहीँ कतै नभएको भन्दै आपत्ति समेत जनाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ज्ञानेन्द्र शाही, #सशस्त्र युद्ध
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्