संसदमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्नः प्रहरीले मान्न छाडेको हो ?
काठमाडौं । संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि फौजदारी मुद्धाका अभियुक्तलाई पक्राउ गर्न नसकेको आरोप लागेको छ । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीपछि लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै पक्राउ गर्न नसकेको भन्दै आलोचना गरे ।
उनले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका थिए । गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भन्दै प्रश्न गरेका थिए ।
गृहमन्त्रीको केटाकेटीपन देखिएको भन्दै खतिवडाले भने, ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन’ उनले प्रश्न गरे, ‘गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ?’ खतिवडाले गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि बताए ।
उनले भने, ‘मान्छे पक्डिन नसक्ने अनि सूचना जारी गर्ने ? प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री र अभियुक्त सांसद एउटै लाइनमा रहेको भन्दै सांसद खतिवडाले प्रश्न गरे, ‘के माननीय सदस्यले अपराधीलाई चिनाइदिने हो ? गृह मन्त्रीलाई हत्कडी लिएर आउनुस् भनेको हो ? सांसद खतिवडाले गृहम्नत्री फेरि मिडियामा हौवा फैलाएर हिरो हुन खोजेको आरोप लगाएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री रवि लामिछाने, #रामहरि खतिवडा
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्