लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिँदै
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्रीले कुनैपनि बखत आफूमाथि विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त मानेमा विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्ने सक्ने प्रावधान छ । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरी एमाले २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सांसदहरूकोसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । सत्तापक्षको स्पष्ट बहुमत देखिन्छ । प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् । विश्वासको मत लिएपछी मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने छ । अहिले दुई जना विनाविभागीय मन्त्री छन् । विश्वासको मत पश्चात् दुई जना मन्त्रीको जिम्मेवारी तोकिने र नयाँ मन्त्रीहरूसमेत नियुक्त गर्ने तयारी छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्