Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

माधव नेपालको पार्टीमै गए घनश्याम भुसाल,एमाले अध्यक्ष ओलीको कडा आलोचना


काठमाडौं । कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । एमालेमा रहँदा माधवकुमार नेपालकै पक्षमा उभिने भुसाल पार्टी फुटपछि पनि एमालेमै रहे । तर, संसदीय चुनावमा टिकट नपाएपछि एमाले छाडेका भुसाल अन्तत् उनै नेपाललाई साथ दिने पार्टी प्रवेश गरेका छन् । अन्तत् कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एमालेले संघीय निर्वाचनमा टिकट नदिएपछि पार्टी परित्याग गर्दै स्वतन्त्रबाट उम्मेद्वार दिएका भुसाल नेकपा एसमा प्रवेश गरेका हुन् ।

स्वतन्त्र उम्मेद्वारी दिएपनि नेकपा माओवादी केन्द्रले आफनो उम्मेदवारलाई फिर्ता गराएर भुसाललाई समर्थन गरेको थियो । तर, भुसालले चुनाव जित्न सकेनन् । एमालेमा रहँदा माधवकुमार नेपालको खेमामा रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले कित्ताकाट गरेकै कारण भुसाल अन्यायमा परे । पार्टीको महाधिबेशन होस् या संसदीय चुनाव, अध्यक्ष ओलीले भुसाल र नेता भीम रावललाई पाखा लगाएरै निर्णय गरेका थिए ।

भीम रावल पार्टीमै संघर्ष गर्ने भन्दै एमालेमै रहँदा भुसालले भने टिकट नदिएको झोकमा पार्टी नै छोडेर बाहिरिएका थिए । उनै भुसाल उनै आफना पूराना नेता माधवकुमार नेपालले खोलेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रबेश गरेका छन् । उनीलाई अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालले स्वागत गरे ।

विगतमा एमाले अध्यक्ष ओलीले लगाएको नेपाल पक्षीय नेताको ट्याग र गरेको अपमान सम्झदै भुसालले ओलीमाथि दर्जनौं आरोप लगाएका छन् । नेता भूसालले समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि समाजवादी जस्तो अरु कुनै पार्टी आफुले नदेखेको दावी गरे । राजनीति र अदालतको गठजोरले कम्युनिष्ट पार्टी बिभाजन गरेको र त्यसपछि बनेका अन्य दलहरुले समाजवादको कार्यदिशा अघि बढाउन नसकेको भुसालको आरोप छ ।

भूसालले आजको समाजवादलाई माओवादको टोपीले समेट्न नसक्ने र एमालेको सिद्धान्त पनि अहिले जबजको व्याज मात्रै खाने माध्यम बनाएको टिप्पणी छ । भुसाललाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताए । एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले अव एमाले कहिल्यै नसुध्रिने जिकिर गरे । पार्टी फुटपछि पनि नेपाल खेमाकै अरु नेताले अवसर पाउँदा एमालेमा सबैभन्दा पेलानमा परेका रावल र भुसाल हुन ।

एमालेबाट भुसाल बाहिरिएपनि रावल भने भुसालले गलत गरेको भन्दै आफू एमाले मै संघर्ष गर्ने बताउछन् । विगतमा माधव नेपालको खेमामा रहेका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले अझै रुचाएको देखिदैन । हरेक निर्णयमा विगतको आफ्नो खेमामा रहेका नेताकै एमालेमा हालीमुहाली छ । भुसाल प्रवेशले नेकपा एकीकृत समाजवादीका नेताहरु भने खुसी भएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं