कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने पक्का
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने पक्का भएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई कर्णाली प्रदेशको मुख्यमन्त्री दिने सहमति गरेपछि शर्मा मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
रुकुमपश्चिम ख बाट निर्वाचित शर्मा नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको संसदीय दलको नेता हुन । उनी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए । गत साता प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको थियो ।
दलको नेताका लागि चार जनाको दाबी रहेपनि अन्ततः शर्मा सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् । शर्मा २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेता हुन् । शर्मा हाल नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुन् । शर्मालाई नेकपा एमाले र राप्रपाले समर्थन गर्नेछ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्