सडकका खाल्डा एक महिनाभित्र पुर्न भौतिक तथा पूर्वाधारमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न निर्देशन दिएका छन् । उनले उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका हुन ।
मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्गमा श्रेष्ठले निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प नभएको बताए । यसको लागि राजनीतिज्ञ र कर्मचारीले शुसासन कायम गर्न आत्माआलोचना सहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेकोमा मन्त्री श्रेष्ठले जोड दिए ।
सडक बिभाग मातहतको सम्पूर्ण आयोजना र अवस्थितिको ब्रिफिंङ गरिएको थियो । जागिरे मानसिकताबाट माथि उठेर विकास निर्माणमा जिम्मेवार हुन कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउँदै मन्त्री श्रेष्ठले सञ्चालित सम्पूर्ण आयोजनाको अवस्था र भावी योजना ५ दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नारायणकाजी श्रेष्ठ
ताजा खबर
- १प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ
- २रुकुम पश्चिममा १२ जना चुनावी मैदानमा,युवा उम्मेदवारले जिल्लामा उत्साह
- ३अहिलेसम्म २९२५ उम्मेदवारी दर्ताः रुपन्देही २ र ३ मा ३५–३५ र मुस्ताङमा चार जना मात्रै
- ४यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
- ५कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने



तपाईको कमेन्ट लेख्नुहोस्