तामझाम सहित पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन, उडानको भने टुंगो छैन

काठमाडौं । नेपालमा ७४ बर्ष यता तेस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा पोखरा विमानस्थलको आइतबार औपचारिक उद्घाटन गरिएको छ । यो बिमानस्थ सञ्चालनमा आएसंगै देशमा आर्थिक प्रगति हुने सरकारको बिश्वास छ । मुलुकको तस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ ।
चीनको एक्जिम बैंको ऋण तथा अनुदानमा २२ अर्ब लागतमा विमानस्थल निर्मााण सम्पन्न भएको छ । विमानस्थलको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलले पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले सरकारले अब छिट्टै निजगढ बिमानस्थल निर्माणको काम पनि अघि बढाउने बताए ।
यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य,चिनका बरिष्ठ अधिकारी लगायतले मन्तब्य राखेका थिए । उद्घाटन समारोहमा पोखरेली जनताको उत्साहपूर्ण सहभागिता थियो ।
उद्घाटनपछि पहिलो अन्तराष्ट्रिय उडान भारतको बनारसका लागि तय भएपनि भारतबाट समयमा प्रक्रिया अगाडि नबढेकाले उक्त प्रयास भने सफल हुन सकेन । त्यसैले अहिले स्वदेशी विमानबाटै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा व्यवसायीक उडान सुरु हुदैछ ।
पोखरा उपत्यकाको भौगोलिक बनोट अनुसार एक सय ८० सीट क्षमताका न्यारोबडी जहाजहरु उडान र अवतरण भए पनि ठूलो क्षमताका वाइडबडी भने यो विमानस्थलमा उडान र अवतरण गर्न सक्ने छैनन् । बिमानस्थल चिनिया सहयोग परियोजना बिआरआई अन्तर्गतको ठृुलो परियोजना हो ।
पर्यटकीय सहर पोखरामा निर्माण सम्पन्न गरि उद्घाटन भएको यो विमानस्थलले यस क्षेत्रको पर्यटन विकासका अतिरिक्त बहुआयामिक विकासका ढोका समेत खोलेको विश्वाससहित पोखरेलीहरुमा उत्साह थपेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #२२ अर्ब लागतमा विमानस्थल, #औपचारिक उद्घाटन, #तेस्रो अन्तराष्ट्रिय विमानस्थल
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्