फिर्ता हुने भए मलेसियामा दुई महिनादेखि अलपत्र १३ नेपाली, १० दिनभित्र नेपाल आइपुग्ने
काठमाडौं । बैदेशिक रोजगारका लागि मलेसिया पुगेर दुई महिनादेखि अलपत्र परेका १३ जना नेपाली स्वदेश फर्किने भएका छन् । काठमाडौंको सामाखुसीको ग्लोबल रिक्रुटमेन्ट ग्रुप प्रालिबाट मलेसिया पुगेका नेपालीले सम्झौता अनुसारको काम नपाएपछि अलपत्र परेका थिए । शुक्रबार मलेसियास्थित नेपाली राजदुतावासमा भएको सहमति अनुसार उनीहरु स्वदेश फर्किने भएका हुन ।
एउटा कोठामा भोक भोकै बस्नुपरेको बाध्यता सुनाउँदै मलेसियाबाट उद्धारका लागि उनीहरुले हारगुहार गरिरहेका थिए । काठमाडौंको टोखा नगरपालिका १० सामाखुसीमा रहेको ग्लोबल रिक्रुटमेन्ट ग्रुप प्रालिबाट कामका लागि मलेसिया पुगेका १३ जना नेपाली विचल्ली परेको भन्दै सूचना बाहिर आएपछि मलेसियामा रहेका ग्लोवल मेनपावरका प्रतिनिधि रामबहादुर रोकाले १० दिनभित्र नेपाल पठाउने सहमति गरेका हुन ।
ईलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल रिक्रुटमेन्ट ग्रुप प्रालि मार्फत मलेसियाको नेगिरी सिम्बिलिनमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा कामका लागि पठाएको थियो । कार्तिक १८ गते मलेसिया पुगेका उनीहरुले भनेको काम पाएका थिएनन् ।
मेनपावरका मेनेजर हरि क्षेत्रीले पनि फिर्ता ल्याउने सहमति भएको जानकारी दिए । दश घण्टा काम गरेवाफत २०६२ रिङगेट तलव हुने म्यानपावरले आश्वासन दिएको थियो । तर, मलेसिया पुगेपछि उनीहरुलाई जंगलमा घाँस काट्ने काममा लगाइएको थियो ।
अव सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दिपकचन्द्र बंशी, देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव, सुनसरीकै कोशी गाउँपालिकाका विवेककुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधिर कुमार पाल, कुन्दनकुमार पाल र दिपेन्द्र कुमार पाल मात्रै होइनन् रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ का ईन्द्रबहादुर ओली र टिकाराम भण्डारी, सोही नगरपालिका ११ का टेकबहादुर केसी र सुनिल शाहले नेपाल फर्किन तयार भएको बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली स्वदेश फर्किने, #बैदेशिक रोजगार, #मलेसिया
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्