Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

राष्ट्रिय सहकारी बैंक लिमिटेडले दियो ५० लाख बढी जनतालाई सेवा


ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले करिब ५० लाख भन्दा बढी जनतालाई प्रत्यक्ष–परोक्ष रुपमा सेवा प्रदान गरिरहेको दाबी गरेको छ । विहिबार ललितपुरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं साधारण सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

सहकारी संघ/संस्थाहरुलाई वित्तीय सेवा प्रदान गर्ने र सहकारी संघ/संस्था मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उकास्न सहयोग पुर्याउने उद्देश्य सहित बिगत २० बर्षदेखि ७७ जिल्लाका करिब १६ हजार सहकारी संघ/संस्थाहरुलाई ६८ वटा शाखा कार्यालयहरु मार्फत बैकिङ्ग एवम् गैर–बैकिङ्ग सेवा पुर्याउँदै आएको बैंकले दाबी गरेको हो ।

सहकारी क्षेत्रमा आकर्षित हुने नियमकीय प्राबधानहरु पालना गर्दै सहकारी क्षेत्रलाई दिगो बनाउन क्रियाशील रहेको बैंकले नियमन निकायबाट जारी भएका सम्पूर्ण निदेशिकाहरुको पूर्ण रुपमा पालना गर्दै एकाइगत रुपमा साधारणसभा गर्दै आएको बताइएको छ । आर्थिक वर्षमा सदस्यको शेयर लगानीमा १५ प्रतिशत नगद लाभांश प्रदान गर्न बैंक सफल भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जा तर्फ १३ लाख ७८ हजार सम्म फिर्ता पाएको बताइएको छ । यो बर्ष २४ शाखा थप गरि ३७ जिल्लामा प्रत्यक्षरुपमा शाखा सञ्जाल विस्तार भएको बताइएको छ ।

बैंकले कोभिड–१९ को असर न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको १ दिनको बैठक भत्ता, कर्मचारीहरूको १ दिनको तलबसमेत गरी सामाजिक उत्तरदायित्व कोषबाट नेपाल सरकारलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको जनाएको छ ।

नेपालको सहकारी अभियानमा सहकारी पुस्तान्तरणको संभावित चुनौतिको व्यवस्थापन, विद्यालयस्तरमा अध्ययनरत बालबालिकाहरुमा सहकारी र वित्तीय साक्षरता सम्बन्धि सीप/ज्ञान प्रदान गर्नको लागि ७ प्रदेशका ५५ विद्यालयहरुमा सहकारी बाल क्लब गठन गरिएको छ ।

चालु आ.व. २०७९/०८० मा शेयर पुँजी ३ अर्ब २१ करोड, निक्षेप संकलन ६१ अर्ब ३५ करोड, कर्जा लगानी ४६ अर्ब भन्दा बढी गरी ७२ अर्ब १५ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको छ । बैंकले साधारणसभामा सदस्य संघ/संस्थाहरुको अधिकतम सहभागिताको अपेक्षा गरेको छ । बैंकले पुस १६ गते एकाइ बैठक र पुस १८ मा केन्द्रीय सभाको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रिय सहकारी बैंक लिमिटेड, #सेवा प्रदान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं