सहकारी अभियानकर्ताले दिए नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना
काठमाडौं । सहकारी अभियानको टोलीले नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई बधाई एवम् शुभकामना दिएका छन् । अर्थतन्त्र विगत केही समयदेखि सङ्कटग्रस्त अवस्थामा गुज्रिएको बेला देशले बुद्धिजीवी, सक्षम, कुशल र सफल अर्थमन्त्रीलाई फेरी पाएको अवस्थामा सहकारीकर्मीहरु उत्साही भएको भन्दै बधाई एवम् सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गरी सहकारी क्षेत्रको विकास र बिस्तारका लागि आफ्नो तर्फबाट विगतमा भन्दा राम्रो कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेटमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, बैंकका सञ्चालक ज्ञान बहादुर तामाङ्ग, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं लगायतको उपस्थिति थियो ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्