जोतिषले दिएको साइतमा बालुवाटार छिरे प्रधानमन्त्री प्रचण्ड, छोरीले बुझिन् चाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट बाहिरिएपछि प्रधानमन्त्री सरकारी निवासमा सरेका हुन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका थिए ।
ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार बुधबार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलोगरी बालुवाटार प्रवेश गरेका थिए ।
सरकारी निवासहरु शहरी विकास मन्त्रालय मातहतमा पर्छन । प्रधानमन्त्रीलाई नै चाबी हस्तान्तरण गर्न पदीय मर्यादा नमिल्ने हुनाले प्रधानमन्त्रीका परिवारका सदस्यलाई दिने प्रचलन रहेको छ ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सोमबार पद तथा गोपनियताको सपथ लिएर कार्यभार सम्हालेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जोतिषले दिएको साइत, #बालुवाटार छिरे प्रचण्ड
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्