प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरूको यस्तो छ वरीयता, १८ मन्त्रालयको प्रधानमन्त्रीसँगै
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको ८ सदस्यीय मन्त्रीमण्डलमा मन्त्रीहरुको वरीयता निर्धारण गरिएको छ ।
तीन उपप्रधानमन्त्रीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता तेस्रो रहेको छ भने पहिलो वरीयता एमाले उपाध्यक्ष विष्णु पौडेल र त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको रहेको छ।
यसैगरी मन्त्रीहरुमा ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानको वरीयता रहेको छ । पौडेल, श्रेष्ठ र लामिछानेले क्रमशः अर्थ, भौतिक पूर्वाधार र गृह मन्त्रालय पाउँदा अन्यको कार्यभार भने तोकिन बाँकी छ । हाल कार्यविभाजन नभएकाले प्रचण्डले आफूसँगै १८ मन्त्रालय राखेका छन् ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्