गुरुयोजना विपरीत लुम्बिनीमा संरचना बनाउन नपाइने
काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजनामा उल्लेख भएअनुसार बाहेकका संरचना गुरुयोजना क्षेत्रभित्र निर्माण गर्न नदिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरुयोजना क्षेत्रभित्र बन्न नदिने सैद्धान्तिक निर्णय गरेको हो ।
बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्त्वपूर्ण जग्गा व्यक्तिगत तथा व्यावसायिक स्वार्थ पूर्तिका लागि प्रयोग नहोस् भनेर यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकार िदिए । विहार, मन्दिर, गुम्बा र चैत्य निर्माण हुने जग्गामा निर्धारित समयमा सम्पन्न नहुनुका कारण खोजी छिटो सम्पन्न गर्ने वा जग्गा फिर्ता गर्ने गरी नियमित गरिनेछ ।
सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजना अन्तिम चरणमा छ । गुरुयोजनाको कामका अतिरिक्त लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ । लुम्बिनी गुरुयोजना उत्तर–दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ ।
पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँ गरी तीन क्षेत्रमा बिभाजन गरिएको छ । मुलुककै पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजना विपरित काम गर्न नहुने मन्त्री श्रेष्ठले बताए । कोषले यसअघि लुम्वीनी गुरुयोजनाभित्रको जग्गालाई कानुन विपरित भाडामा दिन भएका निर्णय खारेज गरिदिएको थियो ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गुरुयोजना क्षेत्र, #लुम्बिनी विकास कोष
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्