सरकारी सवारीसाधनले इम्बोस्ड नम्बर’ फागुनभित्र नराख्ने कारबाही
काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा ‘इम्बोस्ड नम्बर’ जडान नगरे सरकारी सवारीसाधनलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारीसाधन सडकमा देखिए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुई हजार जरिवाना गर्ने विभागले चेतावनी दिएको हो ।
इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रूपमा कर तिरिसकेको हुनुपर्ने विभागले जनाएको छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने विभागले जनाएको छ ।
सरकारी गाडीले फागुन मसान्तसम्म इम्बोस्ड जडान नगरेको पाए दुई हजार जरिवानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इम्बोस्ड नम्बर, #सवारीसाधन
ताजा खबर
- १विशेष महाधिवेशनको पक्षमा बहुमत,अल्पमतमा कांग्रेस संस्थापन पक्ष
- २माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
- ३काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
- ४मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- ५मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान



तपाईको कमेन्ट लेख्नुहोस्