सांसदहरूको शपथअघि बोलाइयो सर्वदलीय बैठक
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनले बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाइएको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक–एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालन लगायतका विषयमा छलफल हुनेछ । संसदमा प्रतिनिधित्व गर्ने सबै १२ दलका एक-एकजना र ५ स्वतन्त्र सांसद बैठकमा सहभागी हुने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राजनीतिक दलहरूको बैठक, #संघीय संसद
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्