नेपालमा सवारी साधन चालकको चरम अभाव, दक्ष जनशक्ति नपाउँदा दुर्घटनाको जोखिम
काठमाडौं । नेपालमा पछिल्लो समय सवारी चालकको अभाव छ । व्यवसायीले सवारी साधन खरीद गरेपनि गुडाउने चालक नपाउँदा यातायात व्यवसाय निल्नु न ओकेल्नु बनेको छ । यातायात क्षेत्रमा राम्रो आम्दानी नहुँदा चालकहरु आफू र परिवार पाल्नका लागि बैदेशिक रोजगारीमा जान बाध्य छन् । लामो तथा छोटो दूरीमा गुड्ने सवारी साधनका लागि चालकको अभाव खड्किएको छ । राजनीतिक अस्थिरताका कारण दक्ष चालक वैदेशिक रोजगारीका क्रममा बाहिरिने क्रम बढ्दो छ ।
नयाँ दक्ष चालक उत्पादनतर्फ राज्यले ध्यान नदिँदा चालक अभाव झेल्नुपरेको व्यवसायीहरु नै बताउँछन् । यहि अभावका कारण लामो दूरीका सवारी साधनमा दुई जना चालक राख्ने व्यवस्था गरिएपनि कार्यान्वयनमा आउन सकेको छैन् । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँने भनिएपनि एकै जनाले १५ देखि २० घन्टासम्म बस चलाउँदा दुघर्टनाको जोखिम बढिरहेको छ । अर्कोतर्फ देशभर दक्ष चालक खोज्दै व्यवसायी समेत भौतारिनुपर्ने अवस्था छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पनि चालक पाउन निक्कै संघर्ष गर्नुपरिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेश संयोजक रमेश सापकोटाले बताए । यता, नेपाल यातायात मजदुर संघ भने सरकारले नयाँ दक्ष चालक उत्पादनमा चासो नदिँदा समस्या बढेको बताउँछ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सरकारले सहजीकरण गर्नुपर्ने संघको माग छ । यातायात मजदुर भने चालक अभाव हुनुमा मुख्य दोष व्यवसायीकै भएको बताउँछन् ।
संकटमा बेलामा आफूसँग रहेका चालक–सहचालकलाई आर्थिक तथा सुरक्षा दिन नसकेका कारण धेरै चालकहरु पलायन हुनुपरेको उनीहरुको जिकिर छ । समयमा तलब नपाउने समस्याले समेत अधिकांश चालकहरु देश छाड्न बाध्य छन् । निजी सवारीको चाप बढेअनुसार सडक पूर्वाधारको अवस्था सुध्रिएको छैन । सडकको दुरावस्थाले ज्यानकै असुरक्षा बढाउँदा समेत धेरै चालकले पेशा परिवर्तन गरेका छन् । पछिल्लो समय बस, ट्रक र टिप्पर लगायतको संख्या बढ्दो छ ।
अधिकांश ड्राइभिङ सेन्टर मापदण्ड अनुसार सञ्चालन नहुँदा पनि गाडी चलाउन सिकेकाहरुले तुरुन्तै सडकमा यात्रु र मालबाहक सवारी लिएर हिड्नसक्ने अवस्था छैन । चालकको अभाव बढिरहँदा सरकारले सवारी चालक अनुमति पत्र वितरणलाईं व्यवस्थित बनाउन र क्षमतावान चालक उत्पादनमा योगदान दिन सकिरहेको छैन । सरकारी तवरमा सवारी चालक उत्पादन गर्ने, सिप सिकाउने तालिम केन्द्र र पाठ्यक्रम तयार नहँुदा समेत दक्ष चालकको पदपूर्तीमा समस्या ब्यहोर्नुपरिरहेको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चालकको अभाव, #सवारी चालक, #सवारी साधन खरीद
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्