काठमाडौंबाट मात्रै बने ५२ जना सांसद, माओवादी केन्द्र भने शुन्य
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकको सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै देशको राजधानी काठमाडौंबाट मात्र ५२ जना सांसदले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व पाएका छन् । १० प्रतिनिधि तथा २० प्रदेशसभासहित ३० वटा प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको काठमाडौँ जिल्लामा थप २२ जना विभिन्न राजनीतिक दलको तर्फबाट समानुपातिक सांसद बनेका छन् ।
प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसले ३, नेकपा एमालेले २, तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ गरी ८ जनालाई काठमाडौंबाट सांसद बनाएको थियो । प्रतिनिधिसभाबाट मात्र काठमाडौंले १८ जना सांसद पाएको थियो । समानुपातिक तर्फ काठमाडौंबाट प्रदेशसभामा प्रतिनिधिसभा २० तथा प्रदेशतर्फ १४ जनाले अवसर पाएका छन् ।
प्रत्यक्षतर्फ २० सिट अनिवार्य रकेको काठमाडौंले समानुपातिकतर्फ पनि १४ जना सांसद पाएसँगै प्रतिनिधिसभा गरी ५२ जना सांसद पाएको छ । जसमा प्रदेशको समानुपातिक तर्फ कांग्रेसले ६ जना, एमालेले ४ जना, एकीकृत समाजवादीले १ जना, राप्रपाले २ जना तथा हाम्रो नेपाली पार्टीले १ जना काठमाडौंबाट प्रतिनिधित्व गराएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको नेकपा माओवादी केन्द्रको काठमाडौंमा जनप्रतिनिधि शून्य भएको छ । माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ १ जनालाई पनि समानुपातिक तर्फ पठाएन । प्रत्यक्षमा १४ र बागमती प्रदेशमा २१ सिट समानुपातिकमा प्राप्त गरेपनि काठमाडौंबाट प्रतिनिधित्व शून्य भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #५२ जना सांसद, #काठमाडौंबाट मात्र ५२, #माओवादी केन्द्र शून्य
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्