Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

दश महिनादेखि चोलेन्द्र बालुवाटारको सरकारी निवासमा, महाअभियोग टुंगो नलाग्दै अवकाश


काठमाडौं । कार्यकाल भरि विवादित बनेका निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समसेर जवराले उमेर हदका कारण अवकास लिएका छन । न्याय सेवामा २६ वर्ष विताएका जवराले फैसला गरेका अनेकौ मुद्धा विवादस्पद बने । संसदले विभिन्न आरोप लगाएर महाभियोग संसदसचिवालयमा दर्ता गरेपछि निलम्बिनमा परेका जवरा करिव १० महिना यता सर्वोच्च अदालत गएका थिएनन । नेपालको कानुनी इतिहासमा महाभियोग लागेकै बेला अवकास पाउने उनी दोश्रो प्रधानन्यायाधिश हुन ।

२०५३ साल वैशाष ३ गते पुनरावेदन अदालत जनकपुरमा अतिरिक्त न्याधिसमा नियुक्त भएका निलम्वित प्रधानन्याधिस चोलेन्द्र समसेर जवराले २६ वर्ष न्याय सेवामा विताए । अनेकौ मुद्धामा विवादस्पद निणर्य गरेर प्राय जसो सधै चर्चामा आउने राणाले तत्कालिन अवस्थामा विशेष अदालतको न्याधिस हुदा भ्रष्टाचारको मुद्धामा पूर्व मन्त्री खुमवहादुर खडका जेपी गुप्ता लगाएतलाई सफाई दिएका थिए । निकै चर्चामा रहेको यो मुद्धामा पछि सर्वोच्च अदालतले उनले गरेको फैसला उल्टाउदै उनीहरुलाई जेल जाने फैसला गरेको थियो ।

यसैगरी भष्टाचार लगाएत अनैकौ मुद्धामा विवादित फैसला गरेर न्याय क्षेत्रमा नै कालो धब्बा लगाएको आरोप खेपेका राणाको वहिगर्मन पनि सुखद रहेन । २०७५ साल पुस १८ गते प्रधानन्याधिसको कार्यभार समालेको राणामाथि १० महिना अघि संसदले न्यायलयमा भ्रष्टाचार बढाएको,पदीय जिम्मेवारी निवार्हगर्न नसकेको लगायत झन्डै ३ दर्जन बढी आरोप लगाउदै महाभियोग प्रस्ताव दर्ता गरेको थियो । महाभियोग दर्ता भएपछि संसदले ११ सदस्यीय छानवीन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन संसद सचिवालयमा बुझाएको भएपनि असोज १ गते संसदको आयु सकिएपछि उनी विरुद्धको महाभियोग प्रस्ताव अलपत्र परेको थियो ।

यसै विच संसदका महासचिव डा.भरतराज गौतमले मंसिर २१ गते उनलाई महाअभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च अदालतमा पठाएका थिए । महासचिवको निर्णयप्रति नेपाल बार एशोसिएशनले विरोध गरेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएपछि उनको सर्वोच्च छिर्ने अन्तिम प्रयास पनि असफल भएको थियो । विवादस्पद छवि,आफनो भनाइमा अडिग रहने स्बभाव, आँटेको काम गरेरै छाडने निडर स्वभावका राणा प्रधानन्यायाधीश  भएपछि न्याय क्षेत्रको बेथिति रोक्ने प्रतिवद्धता गरेपनि दलहरुसँग भागबण्डा खोज्नु,राजनीतिक दलले भागबण्डाका आधारमा न्याधिस नियुक्ति गर्दा रोक्न नसक्नु,बेन्च र बार विच समन्वय कायम गर्न नसक्नु,अदालतमा भएको भष्टाचार रोक्न उदासिन हुनु लगाएतका कारणले उनकोे कार्यकाल विवादपूर्ण बन्यो ।

पूर्वप्रधानन्याधिस गोपाल पराजुली प्रधानन्याधिस जस्तो ब्यक्तिको दुखद वहिर्गमन हुनुमा राणाको कर्मको फल भएको बताउछन । नेपालको इतिहासमा नै महाभियोग लागेर अवकास पाउने राणा दोश्रो प्रधानन्याधिस हुन । २०५२ साल असोज १ गते तत्कालिन प्रधान न्याधिस विश्वनाथ उपाध्याय विरुद्ध ससदले महाभियोग दर्ता गरेको थियो । तर उमेर हदका कारण महाभियोग प्रस्तावमा छलफल नै नभै असोज ९ गते उपाध्याय सेवानिवृत भएका थिए । तत्कालिन अवस्थामा नेकपा एमालेवाट अलग भएर बेग्लै पार्टी गठन गरेका माधब कुमार नेपाल लगाएत १४ साँसदको अदालतमा पेशि चढने दिन उनीहरुको मुद्धा प्रभाव पार्न महाभियोग प्रस्ताव दर्ता गरेको भन्दै त्यती बेला आलोचना समेत भएको थियो ।

महाभियोग प्रस्ताव पारित नभै अवकासमा गएका राणा विरुद्धको सो प्रस्तावकाबारेमा दलहरु विच स्पष्ट दृष्टिकोण नहुदा महाभियोग प्रस्ताव अलपत्र विच नै उनको अवकास भएको छ । संसदले महाअभियोग लगाएपछि टुँगोमा पुर्याउनुपर्नेमा राणालाई निलम्बन गर्ने उद्येश्यले मात्र महाअभियोगलाई हतियार बनाइएको भन्दै कतिपयले दलहरुको आलोचना पनि गरेका छन् । न्यायालय शुद्धिकरणको बिषय पटकपटक उठेपनि स्वयं न्यायमूर्तिहरुकै कारण पनि अदालतप्रति सँधै औला उठ्ने गरेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं