प्रमुख दलहरुलाई समानुपातिक उम्मेद्वार छनोट गर्न सकस,घर–घरमा भीडभाड
काठमाडौं । समानुपातिक उम्मेदवारको अन्तिम सुची पेश गर्न निर्वाचन आयोगले दलहरुलाई तीन दिनको समय दिएसँगै दलहरु नाम छनोटको अन्तिम तयारीमा छन् । समानुपातिक उम्मेदवारहरु पनि पार्टीका तर्फबाट निर्वाचन आयोगमा पेश हुने अन्तिम सुचीमा आफ्नो नाम पार्न शीर्ष नेताहरु कहाँ धाउने क्रम बढ्दै गएको छ । सीमित विकल्प मात्रै बाँकी रहेका दलका शीर्ष नेताहरु उम्मेदवारहरु आफ्नो नाम सिफारिस गर्न धाइरहँदा दबाबमा परेको प्रष्ट देख्न सकिन्छ ।
प्रत्यक्षतर्फ महिलाहरुको प्रतिनिधित्व र राष्ट्रिय सभामा समेत उनीहरुको उपस्थितिलाई हेरी कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिस्चित गर्नुपर्ने भएकाले ठूला दलहरुका समानुपातिक सांसदमा धेरै जसो महिला आउने निस्चित छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भागमा परेका ३२ सीटमध्ये २९ जना महिला पर्छन भने बाँकी तीन जनामात्रै पुरुष ल्याउन मिल्ने नीतिगत व्यवस्था छ । ती तिनजनाको नाम पनि लगभग प्रष्ट छ ।
कांग्रेसबाट समानु्पातिक सांसद बन्नेमा खस आर्य कोटाबाट प्रकाशशरण महत, मधेशी कोटाबाट विमलेन्द्र निधि र आदिवासी जनजातिबाट गोपालमान श्रेष्ठ निस्चितजस्तै भएको चर्चा कांग्रेसमा हुने गरेको छ । कांग्रेसले चुनावको समीक्षा र चुनावपछिको रणनीतिका लागि कार्यसम्पादन समितिको बैठक डाकेको छ ।
शनिबार बस्ने उक्त बैठकले समानुपातिक सांसदहरुको नाम समेत टुंगो लगाउने बताइएको छ । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले भने १९ जना महिलालाई संसद पठाउँदा १५ जना पुरुषलाई समेत सांंसद बनाउन पाउने छ । शीर्ष नेताहरुलाई भेट्न समानुपातिक सांसदहरुको भीड रहे पनि त्यस्तो भीडभाड गरी नेताहरुलाई भेट्नु्को अर्थ नभएको एमाले स्थायी कमिटी सदस्य शेरबहादृुर तामाङ बताउँछन् ।
जम्मा १४ सीट भागमा परेको नेकपा माओवादी केन्द्रले पनि १२ जना महिलालाई अनिवार्य रुपमा सांसद बनउनुपर्ने बाध्यात्मक अवस्था छ । बाँकी दुई जना पुरुषमा हितराज पाण्डे निस्चित भएको चर्चा हुन्छ भने रामेश्वर राय यादवलाई कारवाही प्रक्रिया अगाडि बढेकाले झलक चौधरी संसद छिर्ने संभावना बलियो रहेको देखिन्छ ।
माओवादी नेताहरुलाई पनि समानुपातिक सुचीलाई अन्तिम रुप दिन हम्मेहम्मे परेको छ । निर्वाचन आयोगमा यसअघि पेश गरेको समानुपातिक उम्मेदवारको सुचीमा धेरै चलखेल गर्न पाउने छुट दलहरुलाई छैन । तर, क्लस्टर अनुसार केही प्राथकिमकीकरणमा खेल्न पाउने भएकाले अन्तिम सुचीमा आफ्नो नाम पार्न उम्मेदवारहरु नेताहरुकहाँ धाउन थालेका हुन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेसबाट समानु्पातिक, #महिला प्रतिनिधित्व, #शीर्ष नेता, #समानुपातिक उम्मेदवार
ताजा खबर
- १कोप सम्मेलनमा वन मन्त्रालयका कर्मचारीको रजाँई,विदेश जान लामै लिष्ट
- २दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय
- ३रवि लामिछानेलाई १० दिन हिरासत राख्न अदालतको अनुमति
- ४उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
- ५नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन
तपाईको कमेन्ट लेख्नुहोस्