भावी सरकारको नेतृत्वबारे अन्योल, सत्ता गठबन्धनले प्रष्ट बहुमतका लागि साना दल गुहार्दे

काठमाडौं । नयाँ सरकार गठनका लागि सत्ता गठबन्धन बहुमत पुरयाउन प्रयासरत छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत नपुगेपनि सिके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी,जसपा लगायतलाई साथमा लिनुपर्ने अबस्था छ । ती दलहरुबाट ग्रिन सिग्नल पाएको बताइपनि आधिकारिक निर्णय गरिसकेका छैनन् । नयाँ सरकार निमार्णका लागि काँग्रेस सभापति शेरबहादृुर देउवाले गृहकार्य गरिरहेका छन । तर, पावर सेरिङगमा कुरा मिल्न नसक्दा सरकार गठनमा ढिलो हुनसक्ने देखिएको छ ।
काँग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच पहिलो दुई दुई वर्ष सत्ता संचालन गर्ने र पछिल्लो एक वर्ष चुनावी सरकार बनाउने अनौपचारिक सहमती भएको बताइएको छ । तर शुरुको अवस्थामा कसले सरकारको नेतृत्व लिने भन्नेमा विवाद छ । त्यसमा पनि माओवादी अध्यक्ष प्रचण्डले देउवा बहालवाला प्रधानमन्त्री भएको तर्क गदै आफुले शुरुको अवस्थामा नै प्रधानमन्त्री बन्न पाउनुपर्ने जिकिर गरिरहेका छन ।
माओवादीको पदाधिकारी वैठकमा समेत यही अनुसार निर्णय समेत गराएका छन । देउवाले पनि काँग्रेस संसदमा पहिलो दल भएका कारण तेश्रो दललाई सरकारको नेतृत्व दिदा गलत सन्देश जाने भन्दै आफै सरकारको नेतृत्व गर्न चाहेका छन । पावर सेरिङका विषयमा पनि कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री दुइ दुई पटकमा परिवर्तन गर्ने भए राष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष उपाध्यक्ष , सातबटै प्रदेशमा मुख्य मन्त्री तथा संसदीय समिति कसरी मिलाउने भन्ने बिषय पेचिलो बन्ने प्रष्ट छ ।
ती पदलाई पनि दुई दुई वर्ष गरि मिलाउनुपर्ने सम्मका कुरा गठबन्धनका अन्य दलले उठाएका छन । पावर सेरिङ लगायतका विषय मिलाउन कठिन भएपनि दलका नेताहरुले सुझबुझ पुर्ण निणर्य गरेर अगाडी बढने काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माको भनाई छ । सत्ता गठबन्धनका एकिकृत समाजवादी,लोसपा लगाएतका अन्य दलले पनि महत्पुर्ण पद हात पार्न देउवा र प्रचण्डसँग चर्को मोलमोलाई शुरु गर्न थालेका छन ।
यद्यपि सत्ता गठबन्धनमा रहेका लोसपा, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी राष्ट्रिय पार्टी सम्म बन्न सकेका छैनन् । नयाँ जनादेश अनुसार मिलीजुली सरकार बनाउन एक भन्दा वढी दलको समर्थन आवश्यक हुने अवस्थामा दलहरु विच पदीय भागबण्डा गर्न सकस हुने देखिएको छ । जसका कारण सत्ताका महत्वपुर्ण पद हात पार्ने वार्गेनिङ चलिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #जनमत पार्टी, #सत्ता गठबन्धन, #सिके राउत
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्