स्याङ्जा २ बाट कांग्रेस उपसभापति धनराज गुरुङ विजयी, एमाले सचिव पद्मा अर्याल पराजित
काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी भएका छन् । कुल खसेको ७० हजार १ सय ९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराज एमाले उम्मेदवार पद्मा अर्याल भन्दा ५ हजार ७ सय ६६ मतान्तरले अघि छन् ।
२ हजार मत गन्न बाँकी रहँदा ५ हजारले अग्रता लिएपछि गुरुङको विजय जुलुस शुरु भएको छ । कांग्रेस उम्मेदवार धनराजले ३० हजार ९ सय ६९ मत पाएका छन् भने पद्माले २५ हजार २ सय ३ मत पाएकी छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत पाएका छन् । प्रदेशसभा २ मा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका महेश भट्टराईले १८ हजार ३७८ मत पाएका छन् भने एमालेका वुद्धिमान श्रेष्ठले १६ हजार २४३ मत पाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #धनराज गुरुङ विजयी, #नेपाली कांग्रेस
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्