प्रतिनिधिसभामा कर्णालीबाट एमाले शून्य, पहिलो दल बन्यो कांग्रेस
काठमाडौं । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यो पटकको प्रतिनिधिसभा चुनावमा शून्यमा झरेको छ । प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ ।
मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि परेका छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा जित निकालेको छ । मुगुमा पनि फराकिलो मत अन्तरले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसबाट सुर्खेत १ मा पार्टी उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत–२ मा हृदयराम थानी र दैलेख–२ मा दिक्पाल शाही निर्वाचित भएका छन् ।
मुगुमा जारी मत गणनामा भने कांग्रेसकै उम्मेदवार ऐनबहादुर शाहीले अग्रता लिइरहेका छन् । माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिममा जित निकालेको छ भने कालीकोट र हुम्लामा फराकिलो मतान्तरले अग्रता लिएको छ । रुकुम पश्चिममा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र जाजरकोटमा शक्ति बस्नेत निर्वाचित भएका छन् ।
कालीकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार क्रमशः महेन्द्रबहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् । एकीकृत समाजवादीबाट दैलेख–१ मा अमरबहादुर थापा, सल्यानमा प्रकाश ज्वाला र डोल्पामा धनबहादुर बुढाले जितेका छन् ।
त्यस्तै जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही निर्वाचित भएका छन् । २०७४ सालमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोगमा बाजी मारेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चुनावमा शून्य, #नेकपा एमाले
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्