दल नभई व्यक्तिप्रतिको वितृष्णाको मत रास्वपामा गयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले दलका व्यक्तिप्रतिको वितृष्णा राष्ट्रिय स्वतन्त्र पार्टीमा मत गएको बताएका छन् । निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुरा गर्दै उनले जनताले दलसँग भन्दा पनि दलका व्यक्तिप्रतिको वितृष्णा रास्वपालाई मत दिएर पोखेको बताएका हुन ।
अहिलेका दलले सुशासन दिन नसक्दा नयाँ दलले मत पाएको उनको दाबी छ । अब बन्ने सरकारले सुशासन दिन नसक्ने हो भने यो वितृष्णा झन् बढ्दै जाने उनले बताए । अब बन्ने सरकारले सुशासन कायम गर्न नसके आफूले संसदबाट प्रश्न उठाउने उनको भनाइ छ ।
उनले संसदीय दलको नेतामा दाबी गर्ने नगर्ने विषयमा अहिले नै निर्णयमा नपुगेको बताएका थिए । मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई पराजित गर्दै कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर शेखर कोइराला, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्