चारवटा चुनाव हारेका दीपकबहादुर सिंह, जसले पाँचौं प्रयासमा मारे बाजी

काठमाडौं । मकवानपुर १ मा मतगणनाको अधिकांश समय तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले अन्तिममा फड्को मार्दै पहिलो बनेका छन् । सिंहको जित एकै पटक भएको होइन यो उनको पाँचौं प्रयासमा बाजी मारेका हुन । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका सिंह यसअघि प्रतिनिधिसभा, संविधानसभा र हेटौंडाको मेयरमा गरी चारपटक लडेर पराजित भएका पात्र हुन । तर, अहिले एमाले र सत्ता गठबन्धनका बलिया प्रतिस्पर्धीलाई पराजित गर्दै उनले अन्तिममा शानदार जित निकालेका छन् ।
अझ महत्वपूर्ण के छ भने एमालेबाट चुनाव लडेका कमल थापा उनकै पार्टी राप्रपा फुटाएर निस्केका पूर्वअध्यक्ष पनि हुन् । सिंहले मकवानपुर १ मा खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिना २५ हजार ४२३ मतमा रोकिइन् । एमालेबाट चुनाव लडेका कमल थापा २५ हजार ४२० मत ल्याएर तेस्रो भए ।
२०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकामा मेयर उम्मेदवार सिंहले डोरमणि पौडलसँग पराजय भएका थिए । त्यसपछि २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा विरोध खतिवडासँग पराजय व्यहोरेका सिंहले २०७० सालको दोस्रो संविधानसभामा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा एमालेका अनन्त पौडेलसँग हारेका थिए । पटक–पटक पराजित हुँदा पनि उनमा प्रत्यक्ष निर्वाचन लडेरै जित्ने आत्मविश्वासले अहिले काम गरेको छ ।
२०७९ मा भएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिए । तर, सिंहको चुनाव जित्ने सपना त्यो वेला पनि पूरा भएको थिएन । उनले २० हजारभन्दा बढी मत ल्याउँदै हेटौंडाका मतदाताको वैकल्पिक रोजाइ बनेका थिए । मेयरमा चुनाव हारेकै दिनबाट मकवानपुरको सिंहले प्रतिनिधिसभाको तयारी गरेका हुन् । अन्ततः पाँचौं प्रयासमा सफल भएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दीपकबहादुर सिंह, #मकवानपुर १ मा
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्