सर्वाधिक मतान्तरसहित चितवन–२ मा रवि लामिछाने विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
नवगठित लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । तर, यसलाई निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी नै छ ।
लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन् । एमाले उम्मेदवार कृष्णभक्त पखरेलको १४ हजार ६ सय ४९ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम प्रतिस्पर्धी काँग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३ सय ५६ मत बढी ल्याएर चितवन–२ बाटै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।
सोही क्षेत्रबाट तेस्रो पटक उठेका पोखरेलले यो पटक कुल मत मात्र पनि ल्याएनन् । चितवन–२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रतिनिधिसभा, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्